टीकापुरमा ५० हजारमा जग्गा किनेको हुँ, पावरमा हुनेले फाइल खोले हुन्छ : आरजु
काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै कागजपत्र हेर्न सुझाव दिइन्। आफूले २०५३ सालमै जग्गा किनेको र घोटाला प्रकरण ६८ सालमा आएको उनले भनाइ छ।
उनले पावरमा हुनेले मनगढन्ते कुरा गरेको टिप्पणी गरिन्। 'यस विषयमा आफूले सरोकारवाला निकायमा रिपोर्टिङ गरिसकेको छु,' उनले भनिन्। सरकारले टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गाका बारेमा अनुसन्धान गर्ने तयारी गरेको छ।