प्रधानमन्त्री दाहालको सम्पत्ति २५ लाख नगद र ५ तोला सुन

प्रधानमन्त्री दाहालको सम्पत्ति २५ लाख नगद र ५ तोला सुन
सुन्नुहोस्

काठमाडौं : सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि उनीहरूको विवरण सार्वजनिक भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्तिका नाममा एभरेष्ट बैंकमा नगद २५ लाख रहेको उल्लेख छ। अन्य सम्पत्ति भने स्वर्गीय श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा उल्लेख छ। 

विवरणअनुसार सीता दाहालको नाममा चितवन भरतपुर महानगरपालिका-१२ मा १ कट्ठामा घर रहेको छ। त्यस्तै श्रीमतीकै नाममा चितवनको भरतपुर महानगरपालिका-१४ मा १४ कट्ठा जग्गा रहेको छ। उक्त जग्गा पैतृक सम्पत्तिबाट आएको उल्लेख छ।

त्यस्तै प्रधानमन्त्रीसँग ५ तोला सुन रहेको छ। त्यसबाहेक अन्य सम्पत्तिका बारेमा विवरणमा उल्लेख छैन। प्रधानमन्त्री दाहालसँग सेयर/ऋणपत्र, ऋण लिए/दिएको, सवारी साधन र कृषि तथा पशुधन नरहेको उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.