क्याबिनेटका धनी मन्त्री

क्याबिनेटका धनी मन्त्री

काठमाडौं : सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक सम्पत्ति विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल धनी मन्त्रीमध्येका एक हुन्।

उनीसँग निजी कमाइबाट जोडेको काठमाडौं महानगरपालिका-१६ मा २८७ वर्गमिटरमा फैलिएको घर रहेको छ। जसको लागत ३ करोड रुपैयाँ छ। घर भने श्रीमती अम्बिका केसीको नाममा रहेको विवरणमा उल्लेख छ।

त्यस्तै श्रीमतीको नाममा धादिङ र काठमाडौंका ५ स्थानमा विभिन्न कित्ताका जग्गाहरू रहेको विवरणमा उल्लेख छ। त्यस्तै मन्त्री अर्यालको नाममा लमजुङका विभिन्न ५ स्थानमा जग्गा रहेको छ। उक्त जग्गाहरू ६ रोपनीदेखि ६ आनासम्मका रहेको विवरणमा उल्लेख छ। निजी व्यापारबाट जोडेका उक्त सम्पत्तिको मूल्य करोडौं रहेको छ।

त्यस्तै मन्त्री  अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको छ। उक्त सुन व्यापारबाट जोडेको उनले भनेका छन्।

त्यस्तै मन्त्री अर्याल र श्रीमतीका नाममा गरेर विभिन्न ७ वटा बैंकमा  २ करोड बढी नगद मौज्दात रहेको छ। त्यस्तै मन्त्री अर्यालसँग व्यापारबाट आर्जन गरेका ६ वटा कम्पनी/संस्थाका सेयर रहेको विवरणमा उल्लेख छ। उक्त कित्ता २ हजारदेखि ३५ हजारसम्म रहेको विवरणमा उल्लेख छ।

त्यस्तै मन्त्री अर्यालसँग टोयटा प्राडो र टाटाको नेक्सन इभी कार रहेको विवरणमा उल्लेख छ। उनले निजी कमाइबाट ब्यांकेटदेखि टूर एन्ड ट्राभल्स, रेमिटलगायत जोडेका छन्।

मन्त्री अर्यालले लिएको साढे २ करोड ऋणमध्ये एक करोड चुक्ता गरेका छन् भने डेढ करोड ऋण दिएको विवरणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.