सिरोहिया पक्राउ परेपछि नेकपा एसले भन्यो- प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो
![सिरोहिया पक्राउ परेपछि नेकपा एसले भन्यो- प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो](https://annapurnapost.prixacdn.net/media/albums/Ghanshyam_Bhusal1_7NoFJdRB7P_IHiFA5sbu4.jpg)
काठमाडौं : नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयास निन्दनीय भएको बताएको छ। पार्टीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनाले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको बताएका छन्।
'प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पकाउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ। मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,' विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)