सिंगापुर एयरलाइन्सको विमान दुर्घटना, एकको मृत्यु

सिंगापुर एयरलाइन्सको विमान दुर्घटना, एकको मृत्यु
सुन्नुहोस्

बैंकक : सिंगापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मंगलबार १ जनाको मृत्यु र ३० जना घाइते भएका छन्। त्यसपछि विमान बैंककमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो।  सिंगापुर  जाँदै गरेको उडान एसक्यु३२१ ले स्थानीय समयानुसार दिउँसो ३:४५ बजे अवतरण भएपछि थाई राजधानीको मुख्य विमानस्थलमा बत्ती र साइरनको आवाजका साथ आपत्कालीन सवारीहरू गुडेका थिए। 

जनवरीमा अलास्का एयरलाइन्स ७३७ म्याक्सको फ्युसेलेज प्यानल उडाएपछि तथा सन् २०१८ र सन् २०१९ मा दुई घातक दुर्घटनापछि यो बोइङ विमानसँग सम्बन्धित पछिल्लो दुर्घटना हो। 

सिंगापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा ‘गम्भीर अशान्तिको सामना गर्नुपरेको’ बताएको छ। ‘हामी पुष्टि गर्न सक्छौं कि बोइङ ७७७–३०० इआरमा सवार यात्रुहरूलाई चोटपटक लागेको छ र एक जनाको मृत्यु भएको छ, विमानमा कुल दुई सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार थिए”, चोटपटकको प्रकृति र गम्भीरताबारे केही उल्लेख नगरी एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘१८ जनालाई अस्पतालमा भर्ना गरिएको छ, अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ।’

‘हाम्रा यात्रु र चालक दलका सदस्यहरूलाई यो उडानमा भोग्नुपरेको पीडादायी अनुभवका लागि हामी गहिरो माफी माग्दछौँ, हामी यस कठिन समयमा सबै आवश्यक सहायता प्रदान गरिरहेका छौँ’, एयरलाइन्सले भनेको छ। 

विमान अन्डमान सागरमाथि मात्र पाँच मिनेटमा एक हजार आठ सय मिटर (६ हजार फिट) देखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ। थाइल्यान्डमा वार्षिक वर्षाको मौसम जारी रहेकाले केही भागमा आँधी आएको बेला यो घटना भएको छ। 

‘दिउँसो ३ः३५ बजे विमानस्थललाई सिंगापुर  एयरलाइन्सको उडानबाट सङ्कटपूर्ण कल प्राप्त भयो, कलमा विमानमा यात्रु अशान्तिका कारण घाइते भएको र आपत्कालीन अवतरणका लागि अनुरोध गरिएको थियो’, सुवर्णभूमि विमानस्थलले विज्ञप्तिमा भनेको छ, ‘विमान विमानस्थलमा अवतरण भयो र सबै घाइतेको उपचारका लागि चिकित्सकीय टोली पठाइयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.