फेरि आफ्नै कीर्तिमानी तोड्दै ३० औँ पटक सगरमाथा शिखरमा पुगे कामीरिता

फेरि आफ्नै कीर्तिमानी तोड्दै ३० औँ पटक सगरमाथा शिखरमा पुगे कामीरिता
सुन्नुहोस्

ओखलढुंगा : हिमाल आरोही कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरेर फेरि नयाँ कीर्तिमान कायम गरेका छन्।  सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका अनुसार शेर्पा बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरो चुमेका हुन्।  वसन्त सिजनको आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर कायम गरेको आफ्नै नामको कीर्तिमान पनि तोडेका छन्। 

यही सिजनमा उनी दुईपटक सगरमाथा  चढे। यसअघि शेर्पाले ९ दिन पहिले मे १३ मा २९ औँ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए। अहिले फेरि सोही आफ्नै कीर्तिमानी तोडेर नयाँ कीर्तिमानी कायम गरेका हुन्।

nullबुधबारसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन्। 

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। सगरमाथा आरोहणका ७१ वर्षीय इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए। 

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.