झापामा तीनवटा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

झापामा तीनवटा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

झापा : झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई– ३ का १८ वर्षीय सम्रिक चुँडाल रहेका छन्। 

कनकाई नगरपालिका– ३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट प्रदेश १–०२–०१ प ३१४६ नम्बरको केटीएम डुक, मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३–०२–००९ प ५२२१ नम्बरको क्रोश फायर मोटरसाइकल बरामद गरेको थियो। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.