प्रधानमन्त्री प्रचण्डले भने : सिरोहियासँग रिसइबी छैन,मुद्दा अदालती प्रक्रियाबाट टुंगो लाग्छ

प्रधानमन्त्री प्रचण्डले भने : सिरोहियासँग रिसइबी छैन,मुद्दा अदालती प्रक्रियाबाट टुंगो लाग्छ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंगो लाग्ने बताएका छन्।

बुधबार  चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद कार्यक्रमपछि पत्रकारसँग प्रचण्डले अदालतले सिरोहियालाई प्रक्रिया अगाडि बढाउ भनेपछि पक्राउ भएको बताएका हुन्। 

सरकारले रिसिबी साँध्यो भन्ने आरोप छ नि ? भन्ने प्रश्नको जवाफमा उनले त्यो गलत कुरा भएको बताए। उनले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिएको दाबीसमेत गरे।

प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहल्ला गर्न आवश्यक नभएको धारणा राखे। ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्या छु मैले। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँसँग केको रिसइबी ? उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ। त्यो हल भइहाल्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.