संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले शुक्रबार काठमाडौंमा बृहत् सभा गर्ने

संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले शुक्रबार काठमाडौंमा बृहत् सभा गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित काठमाडौंमा बृहत् सभा गर्ने भएको छ। बुधबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको न्यायका लागि बृहत् सभा गर्ने निर्णय गरेको हो।

कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डीला संग्रौलाका अनुसार सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको सट्टा अधिनायकवादतर्फ उन्मुख भएको छ।

सरकारको अलोकतान्त्रिक संस्कारविरुद्ध कांग्रेस नेताहरू अब सडकमा आन्दोलन गर्न लागेको उनले बताइन्। 'अब कांग्रेस नेताहरू सडकमा उत्रिन लागेका छौं। हामीले संसदमात्र होइन, सडकबाट पनि आन्दोलनको थालनी गर्न लागेका हौं। संसदीय छानबिन समिति नबनेसम्म, सहकारी पीडितले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,' सञ्चारकर्मीसँग उनले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.