सगरमाथा निषेधित क्षेत्रमा हेलिकोप्टर अवतरण गर्ने प्रभुका पाइलट ग्राउन्डेड

सगरमाथा निषेधित क्षेत्रमा हेलिकोप्टर अवतरण गर्ने प्रभुका पाइलट ग्राउन्डेड
सुन्नुहोस्

काठमाडौं : प्रभु हेलिकोप्टरका एकजना पाइलटलाई ग्राउन्डेड गरिएको छ । सगरमाथा क्याम्प -टु मा अनुमतिबिना यात्रु लिएर पुगेको हेलिकोप्टरका पाइलटलाई ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

सगरमाथाको बेसक्याम्पसम्म यात्रु र कार्गो लैजान पाइन्छ,त्यहाँ भन्दामाथि डोरी तान्ने वा उद्दार कार्यका लागि मात्र हेलिकोप्टर उडान पाइने नियम छ । प्रभुको हेलिकोप्टर निशेषित क्षेत्र सगरमाथा क्याप्ट टुमा पुगेको थियो । बिरामी यात्रु लिन लुक्लाबाट उडेको हेलिकोप्टर यात्रुसहित क्याम्प टु पुगेको पाइएकाले पाइलटलाई ग्राउन्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

‘विशेष परिस्थिति बाहेक सगरमाथा बेस क्याम्प भन्दा माथि हेलिकोप्टर उडाउन पाइँदैन । तर,कारणवश जानुपरे यात्रु नलिइ पुग्नुपर्ने हुन्छ । यात्रु लिएर गएको भन्ने कम्प्लेन आएपछि छानबिन गरी कारवाही गरिएको हो,'उनले भने । प्रभु भने यात्रुसहित क्याम्प टु मा पुगेको थियो । 

भूलका अनुसार प्राधिकरणले थप छानबिन गरी यो विषयलाई अघि बढाउने छ । अहिलेका लागि सम्बन्धित पाइलटलाई ग्राउन्डेड र प्रभु हेलिकोप्टरलाई उद्दार उडान बाहेक चार्टर्ड उडान गर्न नपाउने गरी कारवाही गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.