सहकारी पीडितद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

सहकारी पीडितद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
सुन्नुहोस्

काठमाडौं : सरकारले आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनै पनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए। जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने र रिले अनशन सुरु गर्ने उनले बताए।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्तरूपमा अगाडि बढ्ने उनको भनाइ छ। उनले आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको आरोप लगाए।

उनीहरूले सहकारी पीडितहरूले न्याय नपाए न्याय नपाए देशभरका सहकारी पीडितहरूले चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.