संसद् सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन अर्थमन्त्रीलाई सभामुखको आग्रह

संसद् सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन अर्थमन्त्रीलाई सभामुखको आग्रह
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय संसदको कामकारवाहीका लागि बजेटको कमि हुन नदिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा संसदका लागि आवश्यक पर्ने बजेटका विषयमा विषयगत समितिका सभापतिसहित अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्दै सभामुख घिमिरेले आगामी आर्थिक वर्षमा सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन आग्रह गरेका हुन्। 

बजेट अभावका कारण समितिहरूको काम कारवाहीमा असर परेको भन्दै उनले आगामी आर्थिक वर्षमा यसलाई विचार गर्न समेत आग्रह गरेका थिए।  छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा संसदको बजेटलाई कटौती हुन नदिने गरि अघि बढ्ने आश्वासन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अव्दुल खानले जानकारी दिए।

छलफलमा बजेटका अभावका कारण भइरहेको समस्याका बारेमा जानकारी गराउँदै समिति सभापतिहरूले संसदको कामकारवाहीलाई चुस्त दुरुस्त बनाउन बजेटको कमी हुन नदिन आग्रह गरेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.