गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरेको हो।

'राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट छ। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्छ। गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ,' पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले भने।

बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने प्रतिवेदनहरूमाथि छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङ्ले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.