स्थानीय प्रशासनलाई खरोरूपमा उत्रन गृहमन्त्रीको निर्देशन

स्थानीय प्रशासनलाई खरोरूपमा उत्रन गृहमन्त्रीको निर्देशन
सुन्नुहोस्

हेटौंडा : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनलाई खरोरूपमा उत्रन निर्देशन दिएका छन्। हेटौंडमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी हुँदै उनले स्थानीय प्रशासनको उपस्थितिले पीडितका लागि भर र पीडकका लागि डर सिर्जना हुने बताए। 

उनले गोष्ठीमा भएको छलफलले प्रदेशभित्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई मजबुत बनाउन र सरकारका प्रयासलाई नागरिक सरोकारका विषयमा केन्द्रित गर्न मद्दत पुग्ने बताए। उनले दुर्गम क्षेत्रका नागरिकलाई दिइने सेवा प्रवाहलाई थप सहज बनाउन गोष्ठी महत्वपूर्ण कोशेढुंगा हुने बताए। 

प्रहरी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्न कानुन तर्जुमा लगायत कार्यमा गृह मन्त्रालयले सक्रियतापूर्वक कार्य गरिरहेको उनको भनाइ छ। उनले राजनीतिक आवरणमा गैरसंवैधानिक र गैरकानुनी गतिविधि हुन नदिन, नागरिकले आफूमाथि शोषण दमन र उत्पीडन भएको र आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा ठगिएको महसुश नगर्ने गरी काम गर्न निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.