बेपत्ता बङ्गलादेशी सांसद अनवारुल अजिमको कोलकातामा हत्या

बेपत्ता बङ्गलादेशी सांसद अनवारुल अजिमको कोलकातामा हत्या
सुन्नुहोस्

नया दिल्ली : बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिम बुधबार कोलकातामा मृत फेला परेका छन् । उनी गत शनिबारदेखि बेपत्ता भएका थिए।

बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले ढाकामा पत्रकार सम्मेलनमा सांसद अजिमको कोलकातामा हत्या भएको बताए। बङ्गलादेश समाचारपत्र डेली स्टारका अनुसार बुधबार आफ्नो निवासमा पत्रकाहरूसँग मन्त्री खानले यस सिलसिलामा बङ्गलादेश प्रहरीले तीन जनालाई पक्राउ गरेको जानकारी दिए। 

'यसमा संलग्न सबै हत्यारा बङ्गलादेशी भएको हामीले अहिलेसम्म थाहा पाएका छौँ, यो सुनियोजित हत्या थियो', उनले भने। शवको ठेगानाबारे सोध्दा उनले आफूलाई अहिलेसम्म थाहा नभएको बताए। 

उनले भने, 'हामी चाँडै तपाईंहरूलाई यसको मनसायबारे सूचित गर्नेछौँ ।' भारतीय प्रहरीले मामिलामा सहयोग गरिरहेको उनले जानकारी दिए।     बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिएका थिए।
 
कोलकाताको बिधाननगरमा रहेको पारिवारिक मित्रका अनुसार अजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन । ढाकामा उनको परिवार तथा विधाननगरमा मित्रसँग मोबाइल सन्देशहरू मात्र आदानप्रदान भएको छ । सन्देशहरूले उनको दिल्ली जाने उद्देश्य रहेको सङ्केत गरेका छन् । 

सञ्चारको अभाव र अचानक कथितरूपमा बेपत्ता भएकाले चिन्तित सांसदकी छोरीले आफ्नो बुबासँग सम्पर्क गर्न नसक्ने जानकारी पाएका सांसदका पारिवारिक मित्र गोपाल विश्वासले कोलकातास्थित विधाननगरको बारानगर प्रहरी चौकीमा बेपत्ता भएको उजुरी दिएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.