दुईवटा राहदानीका विषयमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : शेखर कोइराला

दुईवटा राहदानीका विषयमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : शेखर कोइराला
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुँदै गएकाले पत्रकारहरूले सचेत हुनुपर्ने समेत बताए।

उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे।

उनले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका विषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.