नालाको रडले छेडिएर सिमरामा एक बालक घाइते

नालाको रडले छेडिएर सिमरामा एक बालक घाइते
सुन्नुहोस्

सिमरा : बाराको सिमरा विमानस्थल अगाडि नालाको रडले छेडिएर बिहीबार बिहान एक आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने प्रितराज गिरी रहेका छन् । विमानस्थलको मुख्य गेटदेखि उत्तरतर्फ जाने सडकमा बनाइएको नालामा उक्त घटना भएको हो । 

नालाको रडले बालकको पेटमा छेडेको छ । बालकलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले बालकको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार बालकको अवस्था गम्भीर छ । 

नाला निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना भएको हो । नालाका लागि बनाइएको ढलानमा रड नछोपिएको र बालक खेल्ने क्रममा लडेर उक्त रडमा छेडिन पुगेको स्थानीयले जानकारी दिएका छन् ।

घटनालगत्तै स्थानीयले बालकलाई अस्पताल लगेका थिए । बालक थानीमाई आधारभूत विद्यालयको विद्यार्थी रहेको बुझिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.