शैक्षिक भ्रमणमा रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना, १२ जना घाइते

शैक्षिक भ्रमणमा रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना, १२ जना घाइते

काठमाडौं : बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रबार बिहान बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीस्थित जनप्रकाश माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि रारा जाँदै गरेको ग १ ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटपमा दुर्घटना भएको हो ।

दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एकजना चालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइतेहरूको रातापानी प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.