विपन्न विद्यार्थीलाई पोसाक सहयोग

विपन्न विद्यार्थीलाई पोसाक सहयोग
सुन्नुहोस्

डोल्पा : डोल्पाका पाँच सय पाँच विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरिएको छ। जिल्लाको ठुलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिका ६ वटा विद्यालयमा अध्ययनरत पाँचसय पाँच जना गरिब, विपन्न विद्यार्थीलाई निःशुल्क रुपमा विद्यालय पोसाक सहयोग गरिएको हो।

ठुलीभेरी नगरपालिकाभित्र पर्ने आदर्श माध्यमिक विद्यालयका १४८, बिडिथान आधारभूत विद्यालयका ११०, गौरी आधारभूत विद्यालयका ६४, मन्मा आधारभूत विद्यालयका ३४, बाबिरो आधारभूत विद्यालयका ५५ र मुड्केचुला गाउँपालिकाभित्र पर्ने मालिका माध्यमिक विद्यालयका ९४ जना विद्यार्थीलाई पोसाक सहयोग गरिएको हो।

स्थानीय युवा समाजसेवी जीवन शाही र नवीन शाहीको पहलमा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूबाट सहयोग संकलन गरेर विद्यार्थीहरूलाई वितरण गरिएको बताइएको छ। त्यसैगरी मन्मा आधारभूत विद्यालयमा खानेपानी अभाव भएकाले मर्मतका लागि पाइप समेत सहयोग गरिएको जीवन शाहीले बताए।

विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीले सहयोग पाएपछि शिक्षक, विद्यार्थी र अभिभावकले पहलकर्तालाई धन्यवाद दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.