संसदीय छानबिन समितिको 'टिओआर'मा सहमति जुटाउने प्रयास, कार्यदलको बैठक जारी

संसदीय छानबिन समितिको 'टिओआर'मा सहमति जुटाउने प्रयास, कार्यदलको बैठक जारी
सुन्नुहोस्

काठमाडौं : संसदीय छानबिन समितिको कार्यदेश बनाउने गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन तथा संसदीय मामिला मन्त्रि पदम गिरीको संयोजकत्वमा गठित बैठकले छानबिन समितिको 'टीओआर'का विषयमा सहमति जुटाउने प्रयास गरिरहेको छ।

बैठकमा सत्तारुढ दलबाट एमालेका प्रमुख सचेतक महेल बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्र कार्की सहभागी छन्। 

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भए पनि कार्यदेशमा टुंगो लागेको थिए। प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नामसमेत उल्लेख गर्नुपर्ने अडान लिएको छ भने सत्तारुढ दलले व्यक्ति केन्द्रित भन्दा पनि समग्र सहकारी समस्यका विषयमा छानबिन समिति बन्ने अडान लिँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.