जलविद्युतको हब बन्दै बझाङ

जलविद्युतको हब बन्दै बझाङ

बझाङ : विद्युत उत्पादनमा बझाङ पहिलो नम्बरमा आउने भएको छ। बझाङमा ७० मेघावाट क्षमताका ३ वटा कांलगा हाइड्रोका आयोजनासहित अब निर्माण हुने चैनपुर सेती (२१० मेगावाट), बझाङ अप्पर सेती (२१६ मेगावाट), सेती नदी-३ (८६ मेगावाट), सुनिगाड (२५ मेगावाट) र मालुमेला सेती नदी पिआरओआर (६४ मेगावाट) क्षमता आयोजना छन्। १ मेगावाट क्षमताको जेउडेगाडसहित अन्य सानाठूला विद्युत यहाँ छन्। जलविद्युत उत्पादनमा पछाडि परेको सुदूरपश्चिम प्रदेश अब बझाङमा उत्पादन हुने विद्युतले कायापलट हुने भएको छ। 

बझाङको साइपाल हिमालदेखि बगेको सेती नदीलाई अब बाहिर निस्केर आफ्नै लयमा बग्न सजिलो छैन। विद्युत गृहले सेती नदीलाई विभिन्न ठाउँमा सुरङभित्र लुकाउने भएका छन्। तर, यति धेरै विद्युत बझाङमै बन्ने भए पनि यतिबेला यहाँका आधा क्षेत्रमा अन्धकार छ। विद्युत पुगेकै ठाउँमा पनि नियमित विजुली आउँदैन। आकाशमा बादल घेरिन लाग्दा र हावाले पात हल्लाउनासाथ विद्युत अवरुद्ध हुँदा बझाङबासी आजित भइसकेका छन्। विद्युत अनियमित हुँदा थुप्रै विद्युतीय सामग्री बिग्रेको सदरमुकाम चैनपुरका व्यापारी मानमति बम सिंहले बताए। नियमित विद्युत आपूर्ति नहुँदा स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको उनको भनाइ छ। 

अनियमित विद्युत आपूर्तिले स्वास्थ्य, सञ्चार र व्यवसायमा ठूलो समस्या पुर्‍याइरहेको छ। जिल्ला अस्पताल बझाङमा भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने, अप्रेसन गर्नुपर्ने, भिडियो एक्सरे, एक्सरेलगायत सबै सेवा प्रभावित हुने गरेको छ। आफू निरन्तर लाइन सुधारका लागि लागिरहेको तर लामो रुट र अग्लो ठाउँबाट लाइन तानिएका कारण विद्युत सेवा नियमित हुन नसकेको विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्काले जानकारी दिए। 

बझाङलाई उज्यालो बनाउने अभियान
बझाङको राष्ट्रिय प्रसारण लाइनमा कालंगा हाइड्रोको १३२/३३ केभी प्रसारण लाइन जोड्नका लागि अबको केही समयपछि ठेक्का सम्झौता हुने भएको छ। बझाङमा जोडिएको डडेल्धुराको स्याउलेदेखि बझाङ चैनपुरसम्मको ३३ केभिए लाइनमा बारम्बार समस्या देखिन थालेपछि नेपाल विद्युत प्राधिकरणले कालंगा हाइड्रोसँग सम्झौता गरी १३२/३३ केभिए लाइन जोड्न लागेको हो। 

null

नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली स्तरउन्नती तथा विस्तार आयोजना प्रमुख बिजयसेन खड्काका अनुसार टेन्डर आह्नान भएर टेलमस इन्डिया कम्पनीलाई ठेक्का परेको र अबको दुई हप्ताभित्र सम्झौता हुने बताए। उनका अनुसार ठेकेदार तथा निर्माण कम्पनीले सम्झौता भएको मितिले १० महिनाभित्र यो सबस्टेशन निर्माणको काम गरिसक्नुपर्ने हुन्छ।

करिब १५ करोड लागतमा नेपाल विद्युत प्राधिकरणअन्तर्गतको वितरण प्रणाली स्तरउन्नती तथा विस्तार आयोजनाले टेलमस इन्डिया कम्पनीसँग सम्झौता गर्दैछ। लामो र अग्लो स्थानबाट लाइन ल्याइएकाले बझाङ सामान्य मौसम परिवर्तन हुँदा पनि बिद्युत अवरुद्ध हुँदै आएको छ। यो कार्य सकिएपछि बझाङमा विद्युत अवरुद्ध हुने कार्य बिरलै हुने नेपाल विद्युत प्राधिकरणका उप-कार्यकारी निर्देशक मनोज सिलवालले विश्वास व्यक्त गरे। 

उनले भने, ‘बझाङको समस्याबारे म पूर्णरूपमा परिचित छु। त्यहाँ धेरै लामो लाइन, जंगल, भीर र सानो पोलमा विद्युत लाइन तानिएकाले मौसम परिवर्तनदेखि अरु बेला पनि सामान्यतया विद्युत अवरुद्ध भइरहन्छ। अब कालंगा हाइड्रो नै यो समस्या समाधान गर्ने उपयुक्त विकल्प हो। हामी प्रयासमा छौं। अबको १० महिनाभित्र बनिसक्छ। त्यसपछि बझाङबासीलाई समस्या हुँदैन।’

कालंगा हाइड्रो निर्माणका लागि माछापुच्छ्रे, एनएमबी र सिभिल बैंकको ८० प्रतिशत र कालंगा हाइड्रो प्रालिको २० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ। ३ वटा आयोजना प्रवर्द्धन गर्न क्रमशः कालंगा हाइड्रो इनर्जी कम्पनी (कालंगागाड १५.३३ मेगावाट), सानीगाड हाइड्रो कम्पनी (माथिल्लो कालंगागाड ३८.४६ मेगावाट) र बुंगल हाइड्रो कम्पनी (सानीगाड १०.७० मेगावाट) स्थापना गरिएको छ। 

उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिएको छ। हालः कालंगाले उत्पादित विद्युत बझाङमा सवस्टेशन नहुँदा वितरण गरेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.