युक्रेनको खार्किभबाट मात्रै ११ हजार विस्थापित

युक्रेनको खार्किभबाट मात्रै ११ हजार विस्थापित
फाइल तस्बिर।
सुन्नुहोस्

किभ : युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रूसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले रूसलाई १८ महिनामा सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको बताउँदै धेरै लहरमध्ये यो पहिलो हुनसक्ने बताए। खार्किभका गभर्नर ओलेग सिनेगुबोभले टेलिग्राममा एक पोस्टमा सार्वजनिक गरेको तथ्यांकअनुसार आक्रमणपछि  १० हजार ९८० जनालाई उक्त स्थानबाट बाहिर निकालिएको छ।  

रूसी सेनाहरू लिप्ट्सी र भोभ्चान्स्क सहरलगायत सीमावर्ती गाउँतर्फ अघि बढेपछि हजारौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका थिए। सीमाबाट केवल पाँच किलोमिटर टाढा भोभचान्स्क क्षेत्रमा ‘लडाइँ जारी  रहेको बताउदै जनरल स्टाफले आफ्ना रक्षकहरूले सफल रूपमा प्रतिरोध गरिरहेको  जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.