राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सदनको गतिरोध हटाउने विषयमा छलफल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको राष्ट्रपति सचिवालयले जनाएको छ।
भेटवार्तामा सदनको गतिरोध हटाउनेलगायतका विषयमा छलफल भएको थियो। साथै प्रधानमन्त्रीले आफूले संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरेको बताएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति नबनाइ संसदको कामकारवाही चल्न नदिने बताउँदै आएको छ। शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।