पपुवा न्युगिनीमा पहिरो, सय जनाको मृत्यु भएको आशंका
पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ। गाउँलेहरू मिलेर भग्नावशेषबाट शव निकालिरहेका छन्।
अष्ट्रेलियाको सरकारी मिडिया एबीसीले स्थानीय जनताका अनुसार पहिरोमा परेर १०० जनाको मृत्यु भएको आशंका गरिएको छ। तर आधिकारिक रुपमा हालसम्म मृतकको संख्या भने खुलाइएको छैन ।
पहिरो इन्गा प्रदेशको काओकलाम गाउँमा बिहान ३ बजे गएको हो।
पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडमा पहिरोका कारण घरहरु ध्वस्त भएको बताएकी छन् ।
उनले भनिन्, ‘जब यो दुर्घटना भयो, मानिसहरू सुतिरहेका थिए र पूरै गाउँ पहिरोले पुरिएको थियो । १०० भन्दा बढी व्यक्ति जमिनमा पुरिएको हुनसक्ने आशंका उनले व्यक्त गरिन्। बीबीसी