संसद् बैठकअघि बानेश्वरमा नेपाली कांग्रेससहित विपक्षी दलको बैठक जारी
काठमाडौं : प्रमुख प्रतिपक्षीसहित विपक्षी दलको बैठक सुरू भएको छ। संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन गठित कार्यदलको बैठक जारी रहेकै बेला कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा कांग्रेससहित राप्रपा,जसपा लोसपा र जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन्।
कार्यदलको बैठक सिंहदरबारमा जारी छ।
प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको सहभागी एक नेताले जानकारी दिए। प्रतिनिधिसभा बैठक ११ बजेका लागि बोलाइए पनि बस्न सकेको छैन। आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष सहमत भएका छन्। तर समितिको टीओआरमा टुंगो लाग्न सकिएको छ।
कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेकपा एमालेका महेश बर्तौाला,कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेका छन्।