राष्ट्रियसभा पनि कांग्रेसको अवरोध, कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित

राष्ट्रियसभा पनि कांग्रेसको अवरोध, कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक अघि बढ्न सकेन। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरूलाई आग्रह गरे। 

संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन नपाएको भन्दै बैठक अगाडि बढाउन सहयोग गर्न आग्रह गरे।

तर पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए। सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ :३० बजे बस्नेगरी स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.