थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
सुन्नुहोस्

काठमाडौं : थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुवात गरेको छ। थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण स्थगित गरेको थियो।

नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रुहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो। 

थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो।

हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ। नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले २०२३ डिसेम्बर १५ मा दोस्रो दैनिक उडान सुरु गरेको हो।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन बिट किचाथोर्नले काठमाडौँ र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको भन्दै यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने विश्वास व्यक्त गरे। नेपालमा पहिलो पटक सेवा सुरु गरेदेखि नै थाई एयरवेजको यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको उनको भनाइ छ। 

हाल थाई एयरवेजले ६० भन्दाबढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ। हाल थाई एयरवेजसँग कूल ७३ विमान छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.