सत्तापक्ष र प्रतिपक्षले अधिकतम लचकता अपनाउने बालुवाटार बैठकको निष्कर्ष

सत्तापक्ष र प्रतिपक्षले अधिकतम लचकता अपनाउने बालुवाटार बैठकको निष्कर्ष
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सकारात्मक छलफल भएको बताएका छन्। बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय छानबिन समितिको टिओआरमा दुवै तर्फबाट अधिकतम लचकता अपनाउने निष्कर्ष निकालिएको बताए।

उनले व्यक्ति केन्द्रित छानबिन समिति बनाउन सत्तापक्ष कहिल्यै तयार नभएको स्पष्ट पार्दै त्यसमा प्रतिपक्षले लचकता देखाएको बताए। 'व्यक्ति केन्द्रित छानबिन समिति बन्दैन भनेर हामीले पहिल्यैदेखि भन्दै आएका छौं। संसदीय छानबिन समितिको मर्म र गरिमालाई कायम राख्नेगरी कार्यादेश बनाउने हाम्रो प्रस्ताव हो। हाउसलाई सहज सञ्चालनका लागि उहाँहरूले पनि भूमिका खेल्छु भनेका छन्,' उनले भने।

null

प्रमुख सचेतक बर्तौलाले सम्पूर्ण बल कांग्रेसको कोटमा दिएको बताए। कांग्रेस जसरी प्रस्तुत हुन्छ, सत्तापक्ष त्यसरी नै प्रस्तुत हुने उनको भनाइ छ। 

'सरकारले अधिकतम लचकता अपनाएकै छ। संसदीय छानबिन समिति बनाउने कुरामा सहमति गरेकै छ। हाउसलाई सहज स्थितिमा लैजान छोडेर कांग्रेसले केन्द्रीय कमिटीबाट आन्दोलन घोषणा गर्नु राम्रो भएन। त्यसका बाबजुद हामीले कांग्रेसको कोटमा बल राखेका छौं। उहाँहरू जे चाहनु हुन्छ, त्यही हुन्छ,' उनले भने। कार्यदलको बैठक भोलि ३ बजे बस्ने उनले बताए।

यसअघि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि छलफल सकारात्मक भएको दाबी गरेका थिए। उनले व्यक्ति वा संस्थाभन्दा पनि सहकारीको रकम हिनामिना भएको र निजी कम्पनीमा रकम अपचलन भएकाले त्यसको छानबिन हुनुपर्ने माग गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.