अफ्रिका–अमेरिकाको उच्च शिखरपछि सिर्पालीले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण
काभ्रे : रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-१० का बम बहादुर बिक (सिर्पाली)ले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। उनले जेठ ६ गते आइतबार बिहान ५ बजेर ५७ मिनेटमा सफल आरोहण गरेका हुन्।
सिर्पालीले यसअघि सात महादेशको उच्च शिखर मध्येको दु्ईवटा दक्षिण अमेरिकाको एकान्कागुवा र अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरोमा सफल आरोहण गरेका थिए।
स्थानीय समय अनुसार २०२३ सेप्टेम्बर २७ को बिहान ६ बजेर १८ मिनेटमा तान्जनियाको किलिमन्जरोमा र ६ हजार ९ सय ६२ मिटरकझ एकान्कागुवा स्थानीय समय अनुसार २०२४ फेब्रुअरी १३ बिहान ९.५९ बजे सफल आरोहण गरेका थिए।
यसअघि उनले मनास्लु हिमाल र लोबुचे पिक पनि आरोहण गरिसकेका छन्। उनी हाल काभ्रेको खानीखोला गाउँपालिका नायब सुब्बा पदमा कार्यरत छ।