भारतले दाङमा निर्माण गरेको दुई वटा विद्यालयको भवन उद्घाटन

‘नेपाल–भारत विकास सहकार्य’

भारतले दाङमा निर्माण गरेको दुई वटा विद्यालयको भवन उद्घाटन
सुन्नुहोस्

काठमाडौं : भारतले दाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विद्यालय निर्माण गरेको छ। ‘नेपाल–भारत विकास सहकार्य’ मा भारतको आर्थिक सहयोगमा निर्माण भएको दाङको बाल जनता मावि र पद्मोदय पब्लिक नमुना माविको भवनको शुक्रबार उद्घाटन भएको भारतीय दूतावासले जनाएको छ।

१ करोड ७६ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा दाङको लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयको भवन निर्माण भएको हो। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको छ। 

भारतीय राजदूतावासका अनुसार भारत सरकारको २ करोड ८७ लाख आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकास्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भएको हो। दुवै भवन भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र मेयरसहितले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

त्यसैगरी भारत सरकारको आर्थिक सहयोग पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। 

दूतावासका अनुसार सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यी मध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १९ वटा एम्बुलेन्स र ५वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.