साउदीमा मनाइयो २५६८औं बुद्धजयन्ती

साउदीमा मनाइयो २५६८औं बुद्धजयन्ती
सुन्नुहोस्

साउदी : साउदी अरबमा कार्यरत नेपालीहरूले २५६८औं बुद्धजयन्ती मनाएका छन्। तामाङ घेदुङ साउदी अरेबियाको आयोजनामा  नेपालीहरुले बुद्धप्रति गर्व र सम्मान गर्दै दीप प्रज्जवलन गरेर बुद्ध जयन्ती मनाएका हुन्।

कार्यक्रममा सहभागीहरुले बुद्धप्रति श्रद्धा अर्पण गर्दै  बुद्धले प्रदान गर्नु भएको पंचशीलवचनलाई पालना गरेर जीवन सफल बनाउने प्रण समेत गरेका थिए। साथै बुद्धका ४ आर्य सत्यमा दुःख सत्य, समुदाय सत्य, निरोध सत्य र मार्ग सत्य हुन भनेर  सदैव सुख शान्ति अपनाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली दूतावास सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेको थियो भने प्रतिनिधिहरूले बुद्ध जयन्तीको शुभकामना दिँदै बुद्ध जन्मेको महत्वलाई मात्रै पनि विश्वलाई बुझाउन सके नेपालको समृद्धिको ढोका खुल्ने चर्चा गरेका थिए।

आयोजकका अनुसार बुद्धको देशका नेपालीहरु रोजगारका लागि विदेशिनु विडम्बना रहनुको साथै  नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको र  बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने जानकारी गरायो भने कार्यक्रममा बुद्ध भजन गाउनुका साथै सामूहिक दीप प्रज्जलन समेत गरिएको थियो। उपस्थितहरुलाई विभिन्न किसिमका परिकारको समेत व्यवस्था गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.