फरार अभियुक्त ६ वर्षपछि पक्राउ
![फरार अभियुक्त ६ वर्षपछि पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_fdj5uIK0FL_ksNVBzYmEc.jpg)
महोत्तरी : सवारी ज्यान कसुरमा अदालतबाट सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन्। महोत्तरी प्रहरीले महोत्तरी गाउँपालिका-४ का ६५ वर्षीय सरोज मुखिया विनलाई नियन्त्रणमा लिएको हो। २०७५ कात्तिक २५ गते जिल्ला अदालत महोत्तरीले विनलाई सवारी कसुर मुद्दामा दोषी ठहर गरेको थियो।
उनलाई जिल्ला अदालतले २३ दिन कैद र १ हजार नगद जरिवाना भुक्तान गर्नका लागि आदेश दिएको थियो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन्। प्रहरी नियन्त्रणमा रहेको विनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)