खरिद ऐनकै कारण भ्रष्टाचार मौलायो : एमाले नेता महतो
ढल्केवर (धनुषा) : नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले खरिद ऐनकै कारण भ्रष्टाचार मौलाएको बताएका छन्। खरिद ऐनमै भएका कतिपय त्रुटिका कारण भ्रष्टाचार बढेको उनले उल्लेख गरेका हुन्।
धनुषामा आयोजित कार्यक्रममा महतोले २०२६ सालमा बनेको खरीद ऐनमा थुप्रै कुराहरू सुधार तथा परिवर्तनको आवश्यकता रहेको औंल्याए। ‘२०२६ सालमै बनेको खरिद ऐनअनुसार अहिले पनि खरिद भइरहेको छ। भ्रष्टाचारको जड त्यो खरिद प्रक्रिया पनि हो एउटा। त्यसमा थुप्रै सुधार र परिवर्तन आवश्यक छ,’ महतोले भने।