मुस्ताङमा सरकारी कार्यालयको खर्च १० महिनामा २ अर्ब ३६ करोड

मुस्ताङमा सरकारी कार्यालयको खर्च १० महिनामा २ अर्ब ३६ करोड

जोमसोम : मुस्ताङमा जिल्लास्थित सरकारी कार्यालयहरूले चालु आर्थिक वर्ष २०८/०८१ को १० महिनामा २ अर्ब ३६ करोड ३८ लाख बजेट खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले प्रकाशित गरेको खर्च विवरणको बुकलेटमा संघ तथा प्रदेश कार्यालय र जिल्लाका ५ वटै स्थानीय तहलाई चालु वर्ष ३ अर्ब ८६ करोड ६० लाख विनियोजन भएकोमा उल्लिखित बजेट सम्बन्धित निकायका कार्यालयमा निकासा भइसकेको जनाइएको छ।यो समग्र विनियोजित बजेटको ६१ दशमलव १४ प्रतिशत खर्च हो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्ला स्थित संघ तथा प्रदेश कार्यालयहरूको चालु वर्षको १० महिनाको खर्च चालुतर्फ १ अर्ब ४९ करोड ५४ लाख बिनियोजन भएकोमा १ अर्ब ३ करोड ९७ लाख अर्थात् ६९ दशमलव ५३ प्रतिशत खर्च भएको हो। यस्तै,पुँजीगततर्फ १ अर्ब ३४ करोड ५५ लाख विनियोजित बजेटमध्ये ७० करोड ४९ लाख बजेट अर्थात् ५२ दशमलव ३९ प्रतिशत खर्च भएको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए। कोष नियन्त्रक भण्डारीका अनुसार मुस्ताङका ५ स्थानीय तहलाई वैशाख मशान्तसम्ममा कुल विनियोजित बजेट १ अर्ब २ करोड ५० लाख बजेट मध्ये ६१ करोड ९१ लाख बजेट अर्थात् ६० दशमलव ०४ प्रतिशत निकासा भइसकेको छ।

मुस्ताङमा संघीय कार्यालय तथा संघीय सरकारबाट स्थानीय तहलाई बिनियोजन भएको विभिन्न शिर्षकको अनुदान ३ अर्ब २ करोड ३३ लाखमध्ये चालु वर्षको १० महिनामा २ अर्ब ७ करोड ९५ लाख अर्थात ६८ दशमलव ६८ प्रतिशत वित्तीय भुक्तानी भएको कोष नियन्त्रक भण्डारीले बताए। उनका अनसार जसमध्येको बजेटमा संघीय कार्यालयहरूलाई चालु खर्चतर्फ बिनियोजन भएको १ अर्ब २२ करोड ७७ लाखमा ९३ करोड ४२ लाख अर्थात ७६ दशमलव ९ प्रतिशत खर्च भएको छ। संघीय कार्यालयको पुँजिगततर्फ छुट्याइएको ८४ करोड ७६ लाख बजेट मध्ये ५६ लाख २३ हजार अर्थात ६६ दशमलव ३४ प्रतिशत खर्च भएको हो।संघीय सरकारबाट स्थानीय तहलाई ९४ करोड ७९ लाख बजेटमा ५८ करोड ३० लाख बजेट निकास भएको हो।

यसैगरी गण्डकी प्रदेश सरकारबाट प्रादेशिक कार्यालय तथा स्थानीय तहलाई बिनियोजन भएको चालु आर्थिक वर्षको कुल बजेट ८४ करोड २७ लाख मध्ये चालु वर्षको १० महिना अवधिमा २८ करोड ४२ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको हो। यो प्रदेशबाट उपलब्ध प्रादेशिक कार्यालय र स्थानीय तहलाई हस्तान्तरण भएको कुल बजेटको ३३ दशमलव ७३ प्रतिशत मात्र हो।

प्रादेशिक कार्यालयका लागि चालु वर्ष विनियोजित चालुतर्फको कुल बजेट २६ करोड ७६ लाख बजेटमा १० करोड ५५ लाख अर्थात् ३९ दशमलव ४३ प्रतिशत खर्च भएको छ।प्रादेशिक पुँजीगततर्फ कुल बजेट ४९ करोड ७८ लाख बजेट मध्ये १० महिनामा १४ करोड २५ लाख अर्थात २८ दशमलव ६४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए। कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्ष प्रादेशिकतर्फको स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ७ करोड ७१ लाख बिनियोजन भएकोमा ३ करोड ६१ लाख अर्थात ४६ दशमलव ८२ प्रतिशत बजेट निकासा भएको हो।

मुस्ताङको घरपझोङ गाउँपालिकालाई संघ तथा प्रदेशबाट वित्तीय समानिकरणसहित विभिन्न अनुदान शिर्षकमा बिनियोजन भएको कुल बजेट २२ करोड ६६ लाखमा १४ करोड ७१ लाख अर्थात ६४ दशमलव ९२ प्रतिशत खर्च गरेको छ। घरपझोङलाई संघतर्फ २० करोड ९० लाखमा १३ करोड ८९ लाख र प्रदेशतर्फ १ करोड ७६ लाखमा ८१ लाख बजेट निकासा भएको छ। 

थासाङ गाउँपालिकालाई संघ तथा प्रदेशबाट कुल बजेट २३ करोड ५२ लाख बजेट बिनियोजन भएकोमा १६ करोड ४२ लाख बजेट वित्तीय हस्तान्तरण भएको हो। संघतर्फ २१ करोड ९४ लाखमध्ये १५ करोड ५७ लाख र प्रदेशतर्फ १ करोड ५८ लाखमा ८५ लाख निकासा भएको जनाइएको छ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई संघ तथा प्रदेश सरकारबाट विनियोजित कुल बजेट १७ करोड ४० लाखमा १० करोड ३१ लाख बजेट वित्तीय हस्तान्तरण भएको हो। जसअन्तर्गत संघतर्फको अनुदान १६ करोड ३ लाखमा ९ करोड ७९ लाख बजेट निकासा भएको छ। 

प्रादेशिकतर्फ विनियोजित कुल बजेट १ करोड ४६ लाख मध्ये ७३ लाख बजेट कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले निकासा दिएको छ। यसैगरी लोमान्थाङ गाउँपालिकालाई संघ तथा प्रदेश सरकारको अनुदान कुल १९ करोड ४१ लाख मध्ये ११ करोड ३६ लाख भुक्तानी दिएको छ। जसमध्ये संघतर्फको अनुदान १७ करोड ९५ लाख मध्ये १० करोड ९५ लाख र प्रदेशतर्फको अनुदान १ करोड ४६ लाख रहेकोमा ७३ लाख रूपैया वित्तीय हस्तान्तरण भएको हो।

यस्तै, जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि संघ तथा प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान रकम १९ करोड ४८ लाखमा ९ करोड ८ लाख बजेट लगेको छ। संघीय तर्फको अनुदान १७ करोड ९६ लाखमध्ये ८ करोड ३९ लाख बजेट वित्तीय हस्तान्तरण भएको हो भने प्रदेशतर्फको अनुदान १ करोड ५२ लाखमध्ये ६९ लाख बजेट भुक्तानी दिइएको हो।

योसँगै थासाङ गापाले सबैभन्दा धेरै बजेट संघ तथा प्रदेशतर्फ (६९.८३ं) खर्च गरेको छ। संघ तथा प्रदेशको अनुदान सबैभन्दा कम बारागुङ मुक्तिक्षेत्रले गरेको छ। वारागुङ मुक्तिक्षेत्रले कुल संघ तथा प््रदेशको कुल अनुदान रकमको (४६.७४ प्रतिशत खर्च गरेको हो।

हिमाली जिल्ला मुस्ताङमा कोष तथा लेखा नियन्त्रक कार्यालयले चालु वर्षको १० महिनामा ७ करोड ६४ लाख २७ हजार राजश्व संकलन गरेको छ। जसमध्ये संघीय राजश्व ६ करोड ४३ लाख ५२ हजार र प्रादेशिक राजश्व १ करोड २० लाख ७४ हजार संकलन गरेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.