पहिरोमा मानिस पुरिएपछि सुरक्षाकर्मीको उद्धार अभ्यास

पहिरोमा मानिस पुरिएपछि सुरक्षाकर्मीको उद्धार अभ्यास
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रहेको डम्पिङ साइटनजिकै मानिसहरू च्याइरहेका थिए। गुहार, गुहार, पहिरोले घर लग्यो भाइलाई पुर्‍योभन्दै चिच्याएको आवाज आयो। 

मानिसहरू चिच्याइ रहेको समयमा सुरक्षाकर्मीहरूको टोली आइपुग्यो। पहिरोले घर भत्किएरको थियो। पहिरोको नजिकै जान स्थानीयलाई सेना प्रहरीले रोकिरहेको थियो। सुरक्षाकर्मीले पहिरो पन्छाएपछि २ जना मानिसहरू पहिरोभित्र पुरेको अवस्थामा भेटिए। एकजना मृत अवस्थामा र एकजना गम्भीर घाइते अवस्थामा रहेको देखिन्थे। 

घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्न सुरक्षाकर्मीहरू लागे। पहिरोले सबैतर्फ बाटो बन्द थियो। डोरी टागेर डोरीको माध्यमबाट सुरक्षाकर्मी घटनास्थलमा आएर डोरीको माध्यमबाट घाइतेलाई मोटरबाटोमा पु¥याए। एकैछिनमा एम्बुलेन्स आयो अनि घाइतेलाई उपचारका लागि अस्पताल लगियो। त्यँही डोरीको माध्यमबाटनै मृतकको शवलाई बाटोमा पु¥याइएको थियो।

यो दृश्य वास्तविक नभएर जिल्ला विपद् समिति अर्घाखाँचीअन्तर्गत जिल्लाका सुरक्षाकर्मीले गरेको कृत्तिम अभ्यास थियो। विपत्मा परेको समयमा कसरी विपत्मा फसेका व्यक्तिको उद्धार गर्न सकिन्छ भनेर सुरक्षाकर्मीहरूले कृत्तिम अभ्यास गरेको हो। 

पहिरोमा फसेकाहरूको कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास तथा कृत्तिम अभ्यास गरेको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले गरेको जिल्ला 
प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतितसिंह राठोरले बताएका छन्। 

कृतिम घटनाको अभ्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रतित सिंह राठोर, नेपाली सेनाको ईश्वरी बक्स गुल्मका गुल्मपती महेश्वर थापा, सशस्त्र प्रहरी अर्घाखाँचीका प्रमुख भीमसेन बोहोरा, जिल्ला अनुसन्धान प्रमुख ईश्वरी आचार्य, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दुर्गा न्यौपाने, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.