धनुषा जिल्ला लिग फुटबल सुरु

धनुषा जिल्ला लिग फुटबल सुरु
सुन्नुहोस्

जनकपुर : जनकपुरमा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु भएको छ। जिल्ला फुटबल संघको आयोजनामा जनकपुर-१३ स्थित कभर्डहल फुटबल खेल मैदानमा  जिल्ला लिग सुरु भएको हो। १० टिम सहभागी खेल अषाढ ४ गते सम्म सञ्चालन हुने छ।

जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज साहले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै जनकपुरको खेलकुद विकासकालागि उप महानगर भित्र ५ खेल मैदान व्यवस्थित गर्ने योजना अगाडि बढाएको बताए। खेलकुदको विकासकालागि राजनीति दल एकमत हुनु पर्ने मेयर साहले भने।  पहिलो दिनको खेल जनकपुर स्पोर्टस र बेगांडाबर बीच भएको खेल ३र३ गोलको बराबरीमा टुंगिएको छ। जनकपुर स्पोर्टसको तर्फबाट शिव माझी २ गरे भने बेगांडाबरको तर्फबाट धनबहादुर मगर २ र पशाङ लामाले १ गोल गरे। 

जनकपुर स्पोर्टसको तर्फबाट २ गोल गरेका १७ नम्बरका खेलाडी  शिव माझी म्यान अफ द म्याच चुनिए। आइतबार दोश्रो दिनको खेल यज्ञभुमि युवा समाज धारनपानिसंग उन्नतिशिल मुडिवाले प्रतिस्पर्धा गर्ने जिल्ला फुटबल संघ धनुषाका सदस्य तपेश्वर राउतले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.