सहकारी ठगलाई जोगाउने सत्ताधारी षडयन्त्र, लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण हो : चित्रबहादुर केसी
काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारीको ठगीमा संलग्नलाई सरकार जोगाउन लागि परेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव माथि संशोधन पेश गर्दै केसीले सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन षडयन्त्र गरिरहेको बताएका हुन्।
‘सहकारीमा ठगेर यत्रो मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षडयन्त्र गरिरहेको छ। यो लोकतन्त्रमाथिको आक्रमण हो र गणतन्त्रमाथिको आक्रमण हो।’उनले भने,सत्ताधारीको जुन दुर्दशा छ जनमोर्चाले घोर विरोध गर्छ। यो नीति तथा कार्यक्रमको समर्थन गर्दैन, विरोध गर्छ।’
कांग्रेसले वेल घेराउ गरेपनि सभामुखले प्रतिनिधि सभाको कामकारबाही अगाडि बढाएका छन्।