माझीको पलायनसँगै ब्राह्मण छेत्रीले धान्दै आएको घाटु नाचको भाका लोप

माझीको पलायनसँगै ब्राह्मण छेत्रीले धान्दै आएको घाटु नाचको भाका लोप
सुन्नुहोस्

नुवाकोट : नयाँ पुस्ताले सिक्न चासो नदेखाएपछि नुवाकोटमा प्रत्येक वर्ष गरिँदै आएको घाटु नाचको परम्परा तथा यसको भाका लोप भएको छ। सम्बन्धित निकायको बेवास्ताका कारण घाटु नाचको भाका लोप भएर यसको सदियौं पुरानो नाच नै बन्द हुने अवस्थामा पुगेको हो। 

ठाडो र मिठो लयमा गाइने घाटु भाका बुढापाकाले गाउँदै आएका थिए। नयाँ पुस्ताले नसिकेको र सरोकारवालाले भाका तथा घाटु नाचको संरक्षणका लागि पहल नगरेका कारण नुवाकोटमा घाटु भाका र नाच नै बन्द हुन पुगेको हो। 

विदुर नगरपालिका-५ माझीटारस्थित रक्तकाली मन्दिर परिसरमा सदियौं वर्ष अगाडिदेखि हरेक वर्ष चण्डी पूर्णिमाका अवसरमा तीन दिनसम्म भव्य रुपमा ब्राह्मण छेत्रीकै अगुवाइमा घाटु नाच हुने गरेको थियो। 

माझीटारमा रहेका मगर र माझीहरूले मात्र मनाउने गरेको घाटु नाच र जात्रा केही समय पछि मगरहरू बसाई सरेर अयन्त्र गएपछि उनीहरूको संख्यामा कमि आएको र माझीहरू पनि गाउँ छाडेर गए पछि यो नाचको केही वर्ष देखि स्थानीय ब्राह्मण तथा छेत्री समुदायका अगुवाहरूले चलाइरहेका थिए। 

स्थानीय संस्कृति नै लोप भएर गाउँको चिनारी नै हराउँदै गएपछि गाउँका अगुवाहरूको नेतृत्वमा यसलाई निरन्तरता दिँदै आइएको वृद्ध राजेन्द्रबहादुर अर्यालले बताए। 

पछिल्लो पुस्ताले घाटु नाचप्रति रुची नदेखाएपछि उक्त नाचको संरक्षण र सम्वर्द्धनमा केही दशकसम्म गाउँका वृद्धहरू जुटेका हुन्। घाटु नाच गरिए गाउँमा रोगव्याधीले समस्या नपार्ने जनविस्वासमा यसलाई आफूहरूले निरन्तरता दिएको अर्का वृद्ध  कृष्णबहादुर अर्यालको भनाइ छ। ‘जेनतेन अहिलेसम्म धानिएको छ। हामी बुढापाका मिलेर गाएका छौं। हाम्रोपछि यसलाई निरन्तरता दिने शंका छ,’ मीरबहादुर अर्यालले भने। 

यस वर्ष उनीहरूलाई चन्द्रबहादुर थापा र रामजी मिश्रले घाटु गाउन सहयोग गरे। स्थानीय विपना अर्याल र सपना अर्याल दिदीबहिनीले घाटु भाकासँगै आफ्नो नाच प्रस्तुत गरे। 

null

अर्याल दिदीबहिनीले घाटु नाचेको यो लगातार दोस्रो वर्ष हो। उनीहरूले अर्को वर्षसमेत घाटु नाच्न पाउने युवा अगुवा योगेन्द्र अर्यालले बताए। दुई सय वर्ष पहिलेदेखि माझिटारमा रहेको रक्तकाली र चण्डी मन्दिर परिसरमा मनाइँदै आएको घाटु जात्रामा बढ्दो आधुनिकतासँगै युवा समुदायको आकर्षण घट्दै गएको छ।

चण्डीपूर्णिमाका अवसरमा स्थानीयवासीले सदियौं पहिले कसैलाई पनि रोग नलागोस् भन्ने उद्देश्यले दुईजना कन्यालाई राजारानी बनाएर १५ दिनसम्म लामो भाकामा वृद्धहरूले गीत गाउँदै किशोरी नचाउने नाच नै घाटु नाचका रुपमा लिइएको छ।  घाटु नाचका लागि गीतको लय जान्ने कोही पनि नभएका कारण यो परम्परा थमौती गर्न गाह्रो भएकावासीको भनाइ छ।  

सुन्दा सुनिरहन मन लाग्ने आकर्षक घाटु जात्रा गत १८०१ असोज १५ गते पृथ्वीनारायण शाहले नुवाकोट जितेपछि माझिटारमा सुरु भएको मानिँदै आएको माझी जातिको घाटु आजकल स्थानीय अन्य जातिका समुदायले आफ्नै पर्वका रुपमा ग्रहण गरेका छन्।  

पछिल्लो समय केही युवा तथा वृद्धहरूले यसखाले पुरानो संस्कृति संरक्षणमा लागेका कारणले  यो पर्व थामिए पनि यसको निरन्तरताका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्थानीय युवा राजकुमार अर्याल बताए।  माझिटारमा नाचिँदै आएको घाटु नाचको विधिको बारेमा पुराना पाका अगुवा रत्नबहादुर ओझाको निधन भएसँगै यस भाका तथा नाचको संरक्षणमा उदासीनता छाएको स्थानीय मोहनबहादुर अर्याल घाटुप्रति नयाँ पुस्ताको आकर्षण घटेकोमा चिन्तित छन्। 

घाटु नाच्नका लागि रजश्वला नभएका बालिकाहरूलाई लगाइने र कथावस्तु गाउनेहरूको खाँचो हुँदै गएको छ।  खानीगाउँमा गरिदै आएको घाँटु नाचको प्रसिद्धि राम्रो रहे पनि पछिल्ला वर्षहरूमा मेला व्यवस्थित गर्न नसक्दा दर्शकहरूको संख्यामा कमी आएकोले युवा तथा स्थानीयहरू टाढादेखिका दर्शक गाउँमा भित्र्याउन यस पटक लागि परेको छ। 

नुवाकोटको माझिटार र लिखु गापाको खानीगाउँमा लाग्ने सती घाटु नाचको विशेष आकर्षण रहेको छ। साथै नुवाकोटको खानीगाउँका मगर समुदायले पनि घाटु नाच सम्पन्न गरेका छन्। नुवाकोटको खानीगाउँको किटिनीखानीमा पनि घाटु नाच गरिँदै आएको हो। निकै आकर्षक रहेको घाटु नाच नुवाकोटको खानीगाउँका मगरहरूले पनि  मनाएका हुन्। 

घाटु नाच हेर्नका लागि नुवाकोटको विदुर, त्रिशूली, बट्टार तथा रसुवा, धादिङ, काठमाडौंबाट समेत सर्वसाधारण आउने गरेका छन्। पाँचदेखि १३ वर्ष उमेर समूहकी एउटै कन्यालाई लगातार तीन वर्षसम्म घाटु नाच नचाइने परम्परा रहेको छ। 

यो भाका गाउन स्थानीय चार/पाँच जना वृद्ध तथा युवाहरू आवश्यक पर्दछ। ‘चमरी गाईको गोबरैले लिपौंला’ भन्नेलगायत घाटुलय भाकाको घाटुलयमा वृद्धहरूले गीत गाएपछि कन्याहरू आँखा चिम्लेर घाटु नाच लगातार पाँच दिनसम्म हुने गरेको छ।

तीन दिनसम्म कन्यालाई घरमै नचाउने र पूर्णिमा र चतुर्दशीका दिन दुईदिनसम्म रक्तकाली र चण्डी मन्दिर परिसरमा नचाइने गरेको छ।  घाटु नाच्दा गीत गाउने वृद्धहरूले हिन्दुसंस्कार अनुसार ३३ कोटि देवतालाई पुकारेर कसैलाई पनि कुनै रोगव्याधी नलागोस् भनेर गीत गाउने गरिन्छ। 

पहिले चण्डीमन्दिरमा पूजापाठ गरी राजारानीको विवाह गरेपछि सुरु हुने घाटु नाच लडाइँमा राजाको मृत्यु भएपछि उनकी रानी सती गएपछि घाटु नाच सकिने परम्परा रहेको छ।  स्थानीयस्तरमा घाटु नाचको जात्राको नामले परिचित घाटु नाच गाउँमा शान्ति पूजाको रुपमा नचाइने घाटु नाचमा अहिले आएर छेत्रीहरूको साथमा स्थानीय मगर, कुमालहरूले पनि साथ दिएका छन्। 

राजा रानीको कथामा आधारित घाटु लय र नाचका नर्तकहरू दुई जना किशोरी मात्र रहन्छन् भने गीत गाउनेहरूमा तीन जना रहने गरेका छन्।   उनीहरूले गाएको गीतको किशोरीहरूले दिन र रात भरीनै नाच्नु पर्ने चलन रहेको छ। वैशाख पूर्णिमाअघिको पञ्चमीको दिनबाट सुरु हुने घाटु नाच तृतीयाको दिन बिहान देवी देउरालीमा कुखुरा बली दिएर पूजा गरी दोबाटोमा हलो गाडी बोकाको बली दिएर सकिन्छ।  हरेक वर्ष स्थानीय समुदायले मनाउने सति घाटु नाच यो वर्ष पनि नाचको रौनकता बढेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.