न्युरोडमा महानगरले कानुनविपरीत सडक तोडफोड गरेकाले काम रोकिएको हो : मन्त्री महासेठ

न्युरोडमा महानगरले कानुनविपरीत सडक तोडफोड गरेकाले काम रोकिएको हो : मन्त्री महासेठ
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत सडक तोडफोड गरेकाले रोकेको बताएका छन्। बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै काठमाडौं महानगरपालिकाको टिफरले धुलो खसालेपछि महानगर र मन्त्रालयबीच द्वन्द्व देखिएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा महासेठले न्युरोडको सडक नतोड्न आग्रह गरेको प्रतिक्रिया दिए। महासेठले भने,‘न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ। अहिले त्यो सडक विभागले रोकेको छ।’

कलंकदेखि महाराजगन्जसम्मको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको उनको भनाई छ। महासेठले भने,‘पूरै रिङरोड बनाउने कुरामा नेपाल सरकार लागि परेको छ। तीनकुनेदेखि तिलगंगा हुँदै गौसालासम्म सडक बनाउने कुरा भइरहेको छ। कलंकदेखि महाराजगन्ज यो अगाडि ल्याउनुभएको छ। कलंकदेखि महाराजगन्जसम्मको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु,त्यसमा मेरो कुनै आपत्ति छैन। यसलाई सकारात्मक रुपमा लिएको छु। तर, न्युरोडमा जुन क्रियाकलाप छ, त्यो काननुसम्मत छैन। यत्ति हो मेरो कुरा।’

शनिबार काठमाडौंका मेयर बालेन शाहले महाराजगन्जमा जनताले सास्ती खेप्नु परेकाले धुलो उपहार पठाएको स्पष्ट पारेका थिए। मन्त्री महासेठको नाम लिँदै मेयर बालेनले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नु परेको उल्लेख गरेका थिए।

शाहले भनेका छन्- ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु,
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ। काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरबासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला। ’

जवाफमा सडक डिभिजन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरले कानुनी राज्यको उपहास हुने कार्य बलमिच्याइपूर्वक गरेको दाबी गरेको छ। सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयलाई विषयान्तर गरीएको डिभिजन कार्यलयले बताएको थियो। 

'शनिबार न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको थियो। सोही विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाइ गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.