नेप्से परिसूचक २२ अंकले घट्यो, ४ अर्ब ४४ करोडको सेयर कारोबार
![नेप्से परिसूचक २२ अंकले घट्यो, ४ अर्ब ४४ करोडको सेयर कारोबार](https://annapurnapost.prixacdn.net/media/albums/nepse_25-5838ffed5d6c99.26615043_XdkbffTurT_ziXWmRFZ5c.jpg)
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.८९ प्रतिशतले घटेर ३७९.२३ विन्दुमा अडिएको छ।
यसदिन ३१५ स्क्रिप्सको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शनको सेयर १० प्रतिशतले बढेको हो।
यसैगरी सिटी होटेलको ८.२४ प्रतिशतले बढ्दा सनराइज ब्लुचिप फण्डको ८.०९ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर १५ करोड ६६ लाख १३ हजार ८३३ रुपयाँमा खरिदबिक्री भयो।
दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। आज होटल्स एन्ड टुरिजम समूहको उपसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढ्यो।
कारोबारमा आएका २९ स्टकको मूल्य बढ्दा २१५ वटाको घट्यो भने ३ वटाको स्टकको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)