सडक प्रदर्शन

सहकारी बचत अपचलन गर्नेहरुलाई बचाउन खोजे सशक्त आन्दोलन गर्ने कांग्रेसको चेतावनी

सहकारी बचत अपचलन गर्नेहरुलाई बचाउन खोजे सशक्त आन्दोलन गर्ने कांग्रेसको चेतावनी

काठमाडौं : सत्ताको बलमिच्याई र सहकारी ठगी विरुद्ध भन्दै नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएको कांग्रेसले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीलाइ राज्य संयन्त्रले बचाउने काम गरेको,प्रतिशोधकै कारण कैलाश सिरोहीयालाई प्रक्राउ गरेको लगाएतका विषयलाई लिएर प्रदर्शन गरेको हो। प्रदर्शनपछि आयोजित विरोध सभामा कांग्रेस नेताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने भन्दै उनीहरुलाई बचाउन खोजे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको प्रदर्शन सानो तयारी र सांकेतिक विरोधमात्रै भएको बताए। उनले सरकारमा रहेका दलहरु नै साना दलहरुलाई फुटाउने काम गरेको आरोप लगाए। शर्माले सरकारको हर्कतको विपक्षमा सडकमा आएर जनतालाई सुसुचित गराउन खोजेको बताए। भ्रष्टाचार प्रकरणलाई ढाकछोप गर्न संगठित अपराध जस्तो प्रवृति प्रस्तुत हुन थालेको उनले बताए। उनले केपी ओलीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीलाई बचाउन लागिपरेको टिप्पणी गरे। एउटाले सहकारी र अर्कोले गिरिबन्धुलाई मिलाइराख्ने प्रयास गरेको भन्दै शर्माले अहिलेको गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिए।

संसदमा सभामुख नजिक बस्ने व्यक्तिको दुईवटा नागरिकता रहेको प्रसंग आएको,गृहमन्त्रीको दुइवटा राहदानीको तथ्य हुँदाहुँदै कैलाश सिरोहीयालाई कार्यकक्षबाट पक्राउ गर्ने कामले राज्यको दोहोरो चरित्र देखिएको उनले बताए।

उनले नदेखिएका धेरै पात्रहरुहरुले सहकारी ठगी गरेको भन्दै एमालेले सबैलाई बचाउने प्रयास गरेको अरोप लगाए। शर्माले सहकारीबन्धु गठबन्धनमा प्रधानमन्त्रीको अस्तित्व नदेखिएको र गृहमन्त्रीको वक्तव्यको खण्डन गरेर बसेको तर्क गरे। उनले गृहमन्त्रीले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको छानविन गर्न तयार रहेको र सबैमाथि छानविन गर्न चुनौति दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.