संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री

संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री
सुन्नुहोस्

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेश गरिन् ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले विरोधका बीच नीति तथा कार्यक्रमको छलफल हुँदा नमिठो लागेको भन्दै संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको बताएका हुन्।

संसदीय छानविन समिति बनाउने विषयमा सर्वसम्मत भइरहेको भन्दै उनले त्यसको कार्यादेशका बारेमा टुंगो लगाउन बाँकी रहेको धारणा राखे ।

आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको उनले बताए।

कांग्रेसका सांसदहरुको विरोधकाबीच बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेश गरिन् । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.