संक्रमणकालीन न्यायका विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कानुनमन्त्री गिरी

संक्रमणकालीन न्यायका विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कानुनमन्त्री गिरी
सुन्नुहोस्

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसंगसम्बन्धित विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको दाबी गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २४ औं वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले संक्रमणकालीन न्यायसंगसम्बन्धित विषयलाई निष्कर्षमा पुर्‍याउन आवश्यक काम गरिरहेको बताएका हुन् ।

मन्त्री गिरीले भने, ‘सर्वोच्चको आदेश, आयोगको सुझाव तथा सिफारिस, अन्तराष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र दिगो शान्ति हासिल गर्ने लक्ष्य अनुरुप संक्रमणकालीन न्यायसंगसम्बन्धीत विषयलाई निष्कर्षमा पुर्‍याउन आवश्यक काम गरिरहेका छौं।’

उनले आयोगका सिफारिसहरुलाई सरकारले गम्भीरतापूर्वक लिँदै कार्यान्वयनमा जोड दिएको जानकारी गराए। उनले नयाँ संविधान जारी भइसकेपछि आयोगको नयाँ ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको जानकारी दिए।

मन्त्री गिरीले मानव अधिकारलाई मर्यादा र स्वतन्त्रताको साँघुरो घेराभित्र परिभाषित गर्न नहुने भन्दै मानवीय जीवनका बहुआयामिक पक्षहरुको बृहत र सुक्ष्म अध्ययन अनुसन्धान र विश्लेषण जरुरी रहेको धारणा राखे।

मानव अधिकार आयोग ऐनलाई पारित गर्न ध्यानाकर्षण

कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले स्थापनादेखि हालसम्म आयोगमा १३,२७३ उजुरी दर्ता हुन आएकोमा ७,८८५ उजुरी फछ्र्यौट भई १,५५५ वटा उजुरीउपर सिफारिस गरिएको जानकारी दिए ।

आयोगले सरकारलाई गरेको सिफारिस मध्ये १३.६४ प्रतिशत पूर्ण, ३७.२३ प्रतिशत आंशिक र ४९.१३ प्रतिशत कार्यान्वयनको पर्खाइमा रहेको उनले बताP । पीडितहरूलाई न्याय प्राप्त हुने गरी कानून संशोधन गरी संक्रमणकालीन न्यायका बाँकी कामलाई पुरा गर्न उनले आग्रह गरे।

उनले मानव अधिकार आयोग ऐनलाई पारित गर्न ध्यानाकर्षण गराए । विनाशकारी भूकम्पबाट क्षति हुन पुगेको आयोगको भवन निर्माण कार्य अझै पनि प्राथमिकतामा पर्न नसकेको र आयोगका अन्य कार्यालयहरू समेत भाडाका घरमा संचालनमा रहेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.