पूर्णपाठ

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, ९५ अर्ब ६० करोड २१ लाख रुपैयाँ बेरुजु

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, ९५ अर्ब ६० करोड २१ लाख रुपैयाँ बेरुजु
सुन्नुहोस्

काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले आइतबार नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा वार्षिक लेखापरीक्षण योजना, निकायगत एवं कार्यालयगत लेखापरीक्षण योजना तर्जुमा गरी कार्यालयहरूको जोखिम विश्लेषण गरिएको महालेखा परिक्षक कार्यालयले जनाएको छ।

यो वर्ष संघीय मन्त्रालय तथा निकाय मातहतका ३ हजार २७७ कार्यालयको रु २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका १ हजार २७० कार्यालयको रू. ३ खर्ब २३ अर्ब ३४ करोड, स्थानीय तह ७५३ मध्ये ७४६ र गत वर्षको बक्यौता २ समेत ७४८ को रू. ११ खर्ब ३९ अर्ब १९ करोड, २१७ समिति र अन्य संस्थाको रू.२ खर्ब ९६ अर्ब ८५ करोड र ९३ सङ्गठित संस्थाको रू.३६ खर्ब ६१ अर्ब ११ करोडसमेत रू ७.८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ। वित्तीय लेखापरीक्षणको अतिरिक्त ९ विषयको कार्यमूलक, २ विषयको वातावरणीय र १ विषयको सूचना प्रविधि लेखापरीक्षण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिवेदन अनुसार यो वर्ष सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको बेरुजु ९५ अर्ब ६० करोड २१ लाख रुपैयाँ रहेको छ। 

null

हेर्नुहोस् पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.