महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

सम्झौता अनुसार लाइसेन्स छपाइ भएन, २ लाख ६० हजार कार्ड अपुग

सम्झौता अनुसार लाइसेन्स छपाइ भएन, २ लाख ६० हजार कार्ड अपुग
फाइल तस्बिर

काठमाडौं : सन् २०२२ जुलाईदेखि नयाँ तथा नवीकरण गरेका सवारीचालक अनुमतिपत्र छपाइ नहुँदा समस्या सिर्जना भएको छ। 

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार यातायात व्यवस्था विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले नयाँ तथा नवीकरण गरेका सवारीचालकहरूको अनुमतिपत्र छपाइ नभएको हो। 

विभागले एक विदेशी कम्पनीसँग २०८० भदौ १८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९ फागुन १० गते अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो। सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप भइसकेको छ।

चालक अनुमतिपत्र मागका आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुने भएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ। आवश्यक सङ्ख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.