ट्राफिक प्रहरीलाई विद्युतीय टेम्पो हस्तान्तरण

ट्राफिक प्रहरीलाई विद्युतीय टेम्पो हस्तान्तरण
सुन्नुहोस्

विराटनगर : सुनसरीको इटहरीका एक जना व्यवसायीले ट्राफिक प्रहरीलाई ४ वटा विद्युतीय टेम्पो हस्तान्तरण गरेका छन्। 

अटो सीटी बजाज सो–रुमका सञ्चालक प्रदीपकुमार सन्थालियाले आइतबार इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय परिसरमा विद्युतीय टेम्पो हस्तान्तरण गरेका हुन्। सन्थलियाले कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङलाई टेम्पो प्रदान गरे। 

उक्त टेम्पोहरु डीआईजी खापुङले कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेललाई हस्तान्तरण गरेका छन्। विद्युतीय सवारीसाधनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने खापुङले बताए। उनले सहयोग प्राप्त भएको विद्युतीय सवारीसाधनको प्रयोग गरी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए।

 
व्यवसायी सन्थलियाले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आफूले ४ वटा विद्युतीय टेम्पो हस्तान्तरण गरेको बताए। एसपी पौडेलले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले काम गरिरहेको जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.