निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर

निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर
फाइल तस्बिर।

काठमाडौं : काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। उनलाई सजाय निर्धारणका लागि जेठ २८ गते पेशी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ। । आरोप लागेपछि उनी निलम्बनमा परेका थिए।

न्यायाधीश गिरीकी कान्छी श्रीमती  आरती रावलले श्रीमान‍्बाट आफूमाथि यौन शोषण तथा हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालय तौलिहवामा जाहेरी दिएकी थिइन्। गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी कपिलवस्तु नै पठाएको थियो।

पछि पक्राउ परेका गिरीलाई कपिलवस्तु जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडेको थियो। धरौटीमा छुटेपछि मान्छे लगाएर ज्यान मार्ने धम्की दिँदै आएको रावलको आरोप थियो।

गिरी र रावलबीच प्रेम सम्बन्धपछि विवाह भएको थियो।  आफूलाई औषधि खुवाएर गर्भपतन गराएको ,बन्धक बनाएर कुटपिट गरेको,अप्राकृति मैथुन गरेको भन्दै श्रीमानविरुद्ध कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी हालेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.