बंगलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै

बंगलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै
सुन्नुहोस्

नयाँ दिल्ली (एपी/रासस) : बंगलादेशले बंगालको खाडीबाट शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ। आँधीले आइतबार मध्यराततिर बंगलादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ।

भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बंगालको सागर टापु र बंगलादेशको खेपुपारा क्षेत्रमा १ सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ। 

बंगलादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले मुलुकको तटीय क्षेत्रमा चार हजार आँधी आश्रयबाट मानिसहरूलाई निकाल्न स्वयंसेवकहरूलाई खटाइएको बताए। सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ।

भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घन्टाका लागि बन्द रहनेछ। बंगलादेशले दक्षिणपूर्वी सहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्ध गरेको छ। 

बंगलादेशी अधिकारीहरूले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि निलम्बित गरेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजहरूलाई घाटहरूबाट गहिरो समुद्रमा लैजान सुरु गरेका छन्। 

जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बंगालको खाडीमा यो पहिलो आँधी हो। भारतको पश्चिम बंगाल राज्यका तटीय जिल्लाहरूमा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बंगाल र बंगलादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान गरिएको छ। यस्ता आँधीले रुखहरू उखेल्नसक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनहरूलाई ठूलो क्षति पुर्‍याउन सक्ने विज्ञप्तिमा बताइएको छ।

भारतका तटहरू प्राय आँधीहरूबाट प्रभावित हुन्छन् तर जलवायु ढाँचामा भएको परिवर्तनका कारण आँधी थप तीव्र भएको छ। यसबाट प्राकृतिक प्रकोपहरूका लागि तयारी अत्यावश्यक भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.