बैठक निष्कर्षबिहीन

कार्यादेशबारे प्रधानमन्त्रीले गरे सत्ता पक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल

कार्यादेशबारे प्रधानमन्त्रीले गरे सत्ता पक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता पक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल गरेका छन्।  सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनका लागि बनेको कार्यदलबाट टीओआरमा सहमति नजुटेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र सत्तारुढ दलसँग छलफल गरेका हुन्।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको अडान र मागबारे प्रधानमन्त्रीलाई बालुवाटारमा जानकारी गराएको बताए । उनले कार्यादेशको टुंगो लगाउन प्रधानमन्त्री सकरात्मक भएपनि दलहरुबीच रवि लामिछानेको नाम राख्ने कि नराख्ने विषयमा नै सहमति हुन नसकेको बताए। null

‘बालुवाटारमा सत्तापक्ष र विपक्षीबीच संयुक्त र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल भयो तर टुंगोमा पुग्न सकिएको छैन।’उनले भने,‘हामीले हाम्रा कुरा राख्यौं। छलफल सकारात्मक भएको छ तर नाम राख्नुपर्ने विषयमा सत्ता पक्ष  तयार छैन। अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो बस्छौं र पुन: सत्ता पक्षसँग साँझ छलफल हुन्छ।’ 

संविधानमै जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था छ। आइतबार नीति तथा कार्यक्रमसमेत विरोधकैबीच पारित गरेर मंगलबार १ बजे बजेटका लागि सरकारले समय निर्धारण गरेको छ। दलहरुबीच सहमति नभए भोलो संसद बैठकपनि अवरोध गर्ने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.