सहकारी पीडितहरूको माग : बचत अपचलनकर्तालाई कारवाही गर, रकम फिर्ता गर

सहकारी पीडितहरूको माग : बचत अपचलनकर्तालाई कारवाही गर, रकम फिर्ता गर
सुन्नुहोस्

काठमाडौं : सहकारी पीडितहरूले काठमाडौंमा विरोध  र्‍याली निकालेका छन् । आफूहरूको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन् ।

null

सहकारीमा आफूहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी उनीहरूले माइतीघरमा धर्ना दिँदै आएका छन् ।

उनीहरूले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पीडितहरूले माइतीघरमा रिले अनशन समेत सुरु गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.